मन्त्रीहरूलाई परराष्ट्रको ‘कूटनीतिक आचारसंहिता’ प्रशिक्षण
सारांश
- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री र मन्त्रीहरूसमक्ष परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताका विषयमा प्रस्तुतीकरण दिएको छ।
- सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित र कूटनीतिक मर्यादाका विषयमा विस्तृत जानकारी गराएका छन्।
- विदेशी पदाधिकारीसँगको भेटवार्तामा पालना गर्नुपर्ने आचारसंहिता र शिष्टाचारबारे विशेष जोड दिइएको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ बारे प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
दाहालका अनुसार राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिएका हुन् ।
त्यसक्रममा सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएका छन् ।
नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूलाई विशेष जोड दिँदै राईले विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत प्रस्तुति दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण