मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस

बुधबार, २५ चैत २०८२, १७ : ०२
बुधबार, २५ चैत २०८२

सारांश

  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन-२०८२ प्रतिनिधिसभामा पेस गरिएको छ ।
  • कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले प्रधानमन्त्रीको तर्फबाट उक्त प्रतिवेदन संसद्मा पेस गरेकी हुन् ।
  • अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन– २०८२ प्रतिनिधिसभामा पेस गरिएको छ ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट उक्त प्रस्ताव कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले पेस गरेकी हुन् । 

त्यसैगरी बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पेस गरेका छन् ।  प्रतिनिधिसभाको अर्को बैठक यही चैत्र २७ गते शुक्रवार अपराह्न ४ बजे बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप