उद्धारको आवरणमा पीडितमाथि नै ठगी, ‘वैदेशिक रोजगार उद्धार नेपाल’ का सञ्चालक पक्राउ
सारांश
- वैदेशिक रोजगारीका पीडितलाई उद्धार गर्ने बहानामा रकम असुल्ने 'वैदेशिक रोजगार उद्धार नेपाल' का सञ्चालक इन्द्रलाल गोले पक्राउ परेका छन्।
- गोलेले पीडितबाट रकम असुली गरिरहेको अवस्थामा प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
- प्रहरीले गोलेमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडितहरूलाई उद्धार गर्ने बहानामा उल्टै रकम असुल्ने एक संस्थाका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ नामक संस्थाका अध्यक्ष बताउने ६६ वर्षीय इन्द्रलाल गोले रहेका छन् ।
काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा कार्यालय राखेर गोलेले वैदेशिक रोजगारीबाट पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र न्याय दिलाउने भन्दै कानुन विपरीत मोटो रकम असुल्ने गरेको सूचना प्रहरीमा पुगेको थियो । सोही सूचनाको आधारमा २०८२ चैत २४ गते दिउँसो १ बजे प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोली संस्थाको कार्यालयमा पुगेर सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा गोलेले प्रहरी टोलीमाथि नै विभिन्न अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले जानकारी दिए। प्रहरीलाई नै दुर्व्यवहार गर्न थालेपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको हो ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–५ आदेश्वर बस्दै आएका गोलेलाई हाल अभद्र व्यवहार मुद्दामा कारबाही अगाडि बढाइएको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
-
हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
-
‘जाइन्ट किलर’ साउदीको चुनौती, दबाबमा स्पेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण