मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

वर्षा गराउने प्रणाली अहिले पूर्वतिर सर्दै, सतर्क रहन आग्रह

बिहीबार, २६ चैत २०८२, ०७ : २५
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसममा बदली भई वर्षा भइरहेको छ।
  • वर्षा गराउने मौसमी प्रणाली हाल पूर्वी दिशातिर सर्दै कोशी प्रदेशका विभिन्न जिल्लातर्फ अघि बढिरहेको छ।
  • पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ।

काठमाडौँ । नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसममा बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बादल लागेको छ।

विशेषगरी कोशी प्रदेशका केही स्थानहरूमा र मधेश तथा बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने यो मौसमी प्रणाली अहिले पूर्वी दिशातिर सर्ने क्रममा रहेको छ।

महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ लगायतका पूर्वी भू-भागतर्फ अघि बढिरहेको छ। ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्। पहाडी भू-भागमा वर्षासँगै चट्याङको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ।

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप