समाचार
पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो
बिहीबार, २६ चैत २०८२, ११ : १९
सारांश
- प्रहरीले पक्राउ गरेको १३ दिनपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।
- अनुसन्धानको क्रममा आवश्यकता अनुसार उपस्थित हुने गरी उनलाई प्रहरीले हिरासत मुक्त गरेको हो ।
- हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको डिस्चार्जको निर्णय चिकित्सकहरूले गर्नेछन् ।
काठमाडौँ । पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले केपी शर्मा ओलीलाई जिम्मा जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ ।
अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी ओलीलाई धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।
ओलीलाई प्रहरीले हिरासत मुक्त गरे पनि उनी अस्पतालबाट डिस्चार्ज हुनेबारे चिकित्सकहरूले निर्णय गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण