निजी क्षेत्रलाई आश्वासन र प्रतिबद्धता होइन, काम गर्ने वातावरण चाहिन्छ: सांसद दुलाल
सारांश
- सांसद युवराज दुलालले निजी क्षेत्रलाई आश्वासनभन्दा पनि काम गर्ने ठोस वातावरणको खाँचो रहेको बताएका छन्।
- उनले देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत स्थायित्व र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
- सांसद दुलालले निजी क्षेत्रका मागहरूलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिबद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताए । निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले आगामी बजेटमा उनीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषय केन्द्र भागमा हुनुपर्नेमा जोड दिए । सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गरे । वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उनले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताए ।
आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उनको भनाइ छ । निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूप्रति आफ्नो सहानुभूति रहेको बताउँदै उनले भू–राजनीतिक अवस्थाका कारण सिर्जित अप्ठ्याराहरूबारे आफू जानकार रहेको बताए ।
सांसद दुलालले निजी क्षेत्रले उठाएका मागहरू सही रहेको र ती सवालहरूलाई संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता समेत व्यक्त गरे । कानुन निर्माण र संशोधनको समयमा निजी क्षेत्रको हितमा आवाज उठाउने र उनीहरूलाई हौसला प्रदान गर्ने उनले बताए । देश निर्माणका लागि निजी क्षेत्रको प्रोत्साहनसँगै सार्वजनिक क्षेत्रको सुदृढीकरण र समग्र क्षेत्रको सबलीकरणबाट मात्रै अगाडि बढ्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण