सार्वजनिक खरिद ऐन संशोधनको तयारी : सुझाव दिन आग्रह
सारांश
- सरकारले सार्वजनिक खरिद ऐन, २०६३ लाई समसामयिक परिमार्जन गर्न संशोधन प्रक्रिया अगाडि बढाएको छ।
- सार्वजनिक खरिद अनुगमन कार्यालयले विधेयकको मस्यौदा तयार पारी सात दिनभित्र सरोकारवालासँग सुझाव माग गरेको छ।
काठमाडौँ । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ लाई समसामयिक परिमार्जन गर्नका लागि संशोधनको प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रारम्भिक मस्यौदा तयार पारी सरोकारवालाहरूसँग सुझाव माग गरेको हो।
कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनका लागि उक्त मस्यौदामाथि राय–सुझाव माग गरेको हो।
जारी सूचनाअनुसार सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित विज्ञ, सरोकारवाला निकाय तथा सर्वसाधारणले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराइसक्नुपर्नेछ ।
सुझाव कार्यालयको इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ । सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि ऐन संशोधन गर्न लागिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण