गिनिज बुकमा नाम लेखाउने विश्वकै जेठो परेवाको निधन
सारांश
- विश्वकै सबैभन्दा जेठो जीवित परेवाको रूपमा गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएको सुगर नामक परेवाको निधन भएको छ।
- सन् १९८१ मा जन्मिएको यो परेवा ४० वर्षभन्दा बढी समय बाँच्यो र आफ्ना मालिक डवेन ओरेन्डरसँग भावनात्मक सम्बन्धका लागि परिचित थियो।
काठमाडौँ । सामान्यतया ढुकुर र परेवाहरूको औसत आयु २० वर्षको हाराहारीमा हुने गर्दछ। तर सुगर नामको एउटा सेतो परेवाले भने आफ्नो प्रजातिको औसत आयुभन्दा दोब्बरभन्दा बढी बाँचेर विश्वलाई नै चकित तुल्याएको छ।
सन् १९८१ जुन २३ मा जन्मिएको यो एङ्जेलिक सेतो परेवा ४ दशकभन्दा बढी समय बाँचेर विश्वकै सबैभन्दा जेठो जीवित परेवाको रूपमा गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएको थियो। सुगर र उनका ७७ वर्षीय मालिक डवेन ओरेन्डरबिचको सम्बन्ध निकै भावनात्मक र गहिरो थियो।
डवेनका अनुसार सुगर उनको सबैभन्दा मिल्ने साथी थियो र उनीहरू धेरैजसो समय सँगै बिताउने गर्थे। उनीहरू सँगै बसेर मनपर्ने टेलिभिजन कार्यक्रम हेर्ने र संगीत सुन्ने गर्दथे।
सुगर आफ्ना मालिकप्रति यति आश्रित थियो कि डवेन बिरामी भएर अस्पताल भर्ना हुँदा वा रेकर्डिङ सेसनका लागि बाहिर जाँदा सुगरले खानपिन छोडिदिने र खोरको भुइँमा सुतेर शोक मनाउने गर्दथ्यो। डवेन घर फर्किनेबित्तिकै मात्र सुगरले फेरि सामान्य रूपमा दाना खान सुरु गर्दथ्यो।
विश्वकै जेठो परेवाको अघिल्लो रेकर्डलाई सुगरले १५ वर्षभन्दा बढीको अन्तरले उछिनेको थियो। डवेनले आफ्नो प्रिय पन्छी ५० वर्षसम्म बाँच्ने र उसको स्वर्ण जयन्तीमा विशेष भोज दिने ठूलो सपना बुनेका थिए।
उनले सुगरका लागि मनपर्ने खानेकुरा होल ह्विट ब्यागेल र पपकर्नको व्यवस्था गरेर उत्सव मनाउने योजना बनाएका थिए। तर, दुर्भाग्यवश यो इस्टर सन्डेका दिन सुगरको मृत्यु भएको छ।
सुगरको भौतिक शरीर अब नरहे पनि उसले बनाएको कीर्तिमान र डवेनसँगको उसको अटुट प्रेमको कथा सधैँ स्मरण गरिनेछ। मानिस र एउटा सानो पन्छीबिचको यस्तो प्रगाढ मित्रताले विश्वभरका पशुपन्छी प्रेमीहरूको मन जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण