चुनावी परिणामपछि केही मान्छे उन्मत्तजस्ता देखिँदैछन् : विप्लव
सारांश
- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी परिणामपछि केही मानिस उन्मत्त र केही विक्षिप्त देखिएको टिप्पणी गरेका छन्।
- उनले वर्ग र राजनीतिक सङ्घर्षमा धेरै हन्डर बेहोरेर मात्र लक्ष्य प्राप्त हुने कुरामा जोड दिएका छन्।
- विप्लवले आफूहरू महान् साम्यवादी लक्ष्यका लागि समर्पित रहेको बताउँदै क्रान्ति निरन्तर अगाडि बढ्ने दाबी गरेका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले फागुन २१ को चुनावी परिणामपछि केही मान्छे उन्मत्त भएको र केही विक्षिप्त भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्ट्याटस लेख्दै विप्लवले सत्तापक्ष र प्रतिपक्ष दलहरूप्रति सङ्केत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘चुनावी परिणामपछि केही मान्छे उन्मत्तजस्ता देखिँदै छन्, मानिलिऊ उनीहरू दिग्विजयी भइसके । केही मान्छे विक्षिप्त जस्ता देखिन्छन्, मानिलिऊ उनीहरूको सर्वश्व नै गुमिसक्यो र निराशाका आँसु झारिरहेका छन्’, विप्लवले भनेका छन् ।
साथै, उनले वर्ग सङ्घर्ष, राजनीतिक सङ्घर्ष र नयाँ सभ्यता सङ्घर्षमा यस्ता सयौँ मोर्चा, झडप, हन्डर बेहोरेर मात्र लक्ष्य प्राप्त हुन्छन् भन्ने कुरा बुझ्न पनि आग्रह गरेका छन् ।
‘हामीले आफ्नो जीवन महान् साम्यवादी लक्ष्य र आदर्शका लागि समर्पित गरेका छौँ/गर्दैछौँ । यात्रा भीषण आँधीबेहरीबाट गुज्रिने छ । तर केही फिक्री छैन । नदीको उर्लिँदो गति जस्तो क्रान्ति बढिरहने छ’, विप्लवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण