प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बिहीबार, २६ चैत २०८२, १७ : ०५
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गरेका छन्।
- श्रम मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने भएका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गरेर त्यो मन्त्रालयको कामकाज आफैले गर्ने गरी राखेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले राखेको जनाएको छ ।
बाँकी मन्त्रीहरूको जिम्मेवारी भने प्रधानमन्त्री शाहले यथावत् राखेका छन् । गत १३ गते गठित मन्त्रिपरिषद् श्रम मन्त्री शाह पदमुक्त भएपछि अब १४ सदस्यीय भएको छ ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्य विभाजन हेरफेर सम्बन्धी विज्ञप्तिमा त्यो उल्लेख छ ।
यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण