कांग्रेसको महाधिवेशन प्रक्रिया स्थगन गर्न माग गरिएको रिट कामु प्रधानन्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा
सारांश
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका स्थगन गर्न माग गरिएको रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेशी तोकिएको छ।
- सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका स्थगन माग गरिएको रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेशी तोकिएको छ । १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले वारेसमार्फत दायर गरेको रिट मल्लको इजलासमा पेसी तोकिएको हो ।
देउवा र खड्काले पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा वारेसमार्फत चैत २५ गते रिट दायर गरेका हुन् ।
वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिका बीच विशेष महाधिवेशन गरेर चयन गरिएको नयाँ कार्यसमिति चयनलाई कांग्रेसको विधानविपरीत निर्वाचन आयोगले अद्यावधिक गरेको उल्लेख गरिएको छ ।
आयोगको निर्णयविरुद्ध पार्टीको आधिकारिकता माग गर्दै सर्वोच्चमा दायर रिट विचाराधीन रहेको भन्दै त्यो रिटको फैसला नहुँदासम्म महाधिवेशनको प्रक्रिया स्थगन गर्न रिटमा माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण