बिटुमिन अभाव : अन्तिम चरणमा पुगेर रोकियो नागढुङ्गा–नौबिसे सडकको कालोपत्र
सारांश
- बिटुमिनको अभावका कारण नागढुङ्गा–नौबिसे सडकको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेर रोकिएको छ।
- अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको अभाव र इन्धनको कोटा प्रणालीले गर्दा सडक निर्माणको कार्य प्रभावित भएको छ।
- हालसम्म यो सडक आयोजनाको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत पुगेको छ।
काठमाडौँ । सडक कालोपत्र गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ।
निर्माणको मुख्य सिजनमा मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएकाले काम रोक्नुपरेको निर्माण कम्पनी ज्याङ्सु सगुन जेभीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिएका हुन् । आपूर्तिकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर रद्द गरिरहेको घिमिरेले बताए।
निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा–नौबिसे खण्डको ६ किलोमिटर सडकमा अन्तिम कालोपत्र सम्पन्न भइसकेको छ। बाँकी ६ किलोमिटर सडक तेस्रो तहको अन्तिम कालोपत्र गर्ने क्रममा रोकिएको घिमिरेले बताए।
कुल १२.२ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकको बाँकी ६ किलोमिटर खण्डमा कालोपत्र गर्न करिब ५ सय ३० टन बिटुमिन आवश्यक पर्ने उनले बताए। तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिनभित्र नागढुङ्गा–नौबिसे सडकखण्डको अन्तिम कालोपत्र सम्पन्न हुने उनको भनाइ छ।
निर्माण व्यवसायीहरूले बिटुमिन अभावका कारण कालोपत्रको काम अघि बढाउन नसकिने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाले बताए। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पम्पहरूबाट पर्याप्त डिजेल र पेट्रोलसमेत उपलब्ध हुन नसकेको ओझाले बताए।
नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगति ८८ र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ। बजारमा देखिएको पेट्रोलियम पदार्थ अभावको प्रत्यक्ष असर आयोजनामा परेको छ।
त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण