नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण
सारांश
- एसियाली विकास बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
- राजनीतिक अस्थिरता र मध्यपूर्वको द्वन्द्वका कारण आर्थिक वृद्धिदर प्रभावित हुने बैंकले जनाएको छ।
- आगामी आर्थिक वर्षमा आन्तरिक माग र जलविद्युत निर्यातमा सुधार भई वृद्धिदर ५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । एडीबीले एसियन डेभलपमेण्ट आउटलुक मार्फत आगामी वर्षको प्रक्षेपण सार्वजनिक गरिएको हो ।
दुई दिनअघि विश्व बैंकले नेपालका लागि आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । एडीबीले त्यो भन्दा केही बढाएर प्रक्षेपण गरेको छ । नेपालका लागि एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले गत वर्षको नागरिक अशान्ति लगायत राजनीतिक अनिश्चितता एवं मध्यपूर्वमा जारी द्वन्द्वको प्रतिकुलताबिच आर्थिक वर्ष २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने बताएका छन् ।
उनकाअनुसार राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढाउनेछ । यद्यपि, खास गरी मध्यपूर्वमा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण आप्रवाहमा प्रतिकूल जोखिम कायमै देखिनेछ । तथापि विद्यमान आघातहरू कमजोर भएसँगै आन्तरिक माग, जलविद्युत निर्यात र पर्यटन सुदृढ भएर आर्थिक वर्ष २०२७ मा कुल गार्हस्थ्य उत्पादन (जीडिपी) वृद्धिदर मजबुत भई ५ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण