शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

चिकित्सक सङ्घले भन्यो–आइतबार ओपीडी सेवा उपलब्ध गर्न सकिँदैन

शुक्रबार, २७ चैत २०८२, १८ : २१
शुक्रबार, २७ चैत २०८२

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य मन्त्रालयले भनेअनुसार आइतबार ओपीडी सेवा उपलब्ध गर्न नसकिने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी सङ्घले आइतबार ओपीडी सेवा सञ्चालन गर्न जनशक्तिले नभ्याउने प्रस्ट पारेको छ । सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ९ देखि ५ ड्युटी बाहेक अनकल, राउन्ड र इमरजेन्सी लगायतका सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको ठहर गरेको छ । 

महासचिव सञ्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदाहरूमा एकरूपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्नुका साथै अनावश्यक झन्झट समेत व्यहोर्नुपर्ने भएकाले सेवा प्रवाहमा गम्भीर असर पर्ने जनाएका छन् ।

Press-Release-2082-12-27-1_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप