प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले काभ्रेमा भएको बस दुर्घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
- प्रलोपाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
- पार्टीले सडक सुरक्षा, सवारी व्यवस्थापन र यातायात सेवाको प्रभावकारी अनुगमन तथा नियमनमा सरकारको ध्यान जानुपर्ने र दुर्घटनाको निष्पक्ष छानबिन गरी कारण सार्वजनिक गर्न माग गरेको छ ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आज दिउँसो काभ्रेपलान्चोक जिल्लामा भएको यात्रुवाहक बस दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
सो पार्टीले दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकाे छ । साथै, घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रलोपाले घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध समेत गरेको छ ।
यो खालका घटनाको पुनरावृत्ति हुन नदिन सडक सुरक्षा, सवारी व्यवस्थापन तथा यातायात सेवाको प्रभावकारी अनुगमन र नियमनमा सरकारको विशेष ध्यान जान आवश्यक रहेको ठहर समेत सो पार्टीले गरेको छ ।
साथै, दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न तथा आवश्यक सुधारका कदम तत्काल अघि बढाउन समेत प्रलोपाले माग गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ : ‘यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सडक सुरक्षा, सवारी व्यवस्थापन तथा यातायात सेवाको प्रभावकारी अनुगमन र नियमनमा सरकारको विशेष ध्यान जान आवश्यक रहेको हाम्रो ठहर छ। दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न तथा आवश्यक सुधारका कदम तत्काल अघि बढाउन पनि हामी सम्बन्धित निकायसँग माग गर्दछौँ।’
दुर्घटनापछि उद्धार तथा उपचार कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सबैप्रति सो पार्टीले हार्दिक आभार व्यक्त गरेको छ ।
काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
-
ललितपुरमा एआई साक्षरता तालिम सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण