१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र स्वार्थ समूहको लडाइँका कारण प्रदेश अधिवेशन प्रभावित भएको छ।
- काठमाडौँ उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ।
- नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीहरूले राजनीतिक दलका नेताहरूलाई बयानमा नबोलाइएको विषयमा प्रश्न उठाएका छन्।
आज मिति २०८३ साल जेठ महिनाको २८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती 'रातोपाटी ब्रिफिङ'मा '१० बजे १०' समाचार लिएर हाजिर भएका छौँ।
- रास्वपाभित्र स्वार्थ समूहको लडाइँ
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन नै प्रभावित भएको छ । महाधिवेशनको तयारीमा रहेको रास्वपाको प्रदेश अधिवेशन रोकिएपछि महाधिवेशनकै कार्यतालिकामा असर पर्ने हो कि भन्ने चिन्ता थपिएको छ ।
- उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ।
- न्यायालय
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइको तेस्रो दिन कानुन व्यवसायीहरूले राजनीतिक दलको नेतृत्वमा रहेका व्यक्तिहरूको नाम समावेश नभएको विषयमा प्रश्न उठाएका छन्।
थप
- सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
कर्णाली प्रदेश सरकारले ‘अर्ग्यानिक कर्णाली प्रदेश’ बनाउने भनेर बनाएका विषादी प्रयोगशाला आफैँ थलिएका छन्।
- शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शहरी विकास, भवन निर्माण र स्थानीय पूर्वाधारको क्षेत्रमा १ खर्ब १३ अर्ब ७ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
- हर्कले रविलाई लेखे खुला पत्र
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण