प्रतिनिधि सभाबाट एकल र संयुक्त समितिमा सदस्यहरू मनोनयन
सारांश
- प्रतिनिधिसभाले संघीय संसद्का विभिन्न एकल र संयुक्त समितिहरूमा सदस्यहरूलाई मनोनयन गरेको छ।
- सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका सदस्यहरूको नामलाई सभाले अनुमोदन गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभामा संघीय संसद्का संयुक्त र एकल समितिमा सदस्यहरू मनोनयन गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको सभामा सदस्यहरूको नाम पढेर सुनाएका थिए । ती नामलाई सभाले अनुमोदन गरेको हो ।
सभामुख अर्यालले संसदीय सुनुवाइ समिति (संयुक्त), र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)का लागि प्रतिनिधि सभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको नाम घोषणा गरे । ती नामलाई सभाले अनुमोदन गर्यो ।
त्यस्तै प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिमा सदस्यहरू मनोनयन गरिएको हो ।
प्रतिनिधि सभामा एकल १० र संयुक्त २ समिति छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण