मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन समितिमा को–को ?

शुक्रबार, २७ चैत २०८२, १९ : २५
शुक्रबार, २७ चैत २०८२

सारांश

  • संसदको संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति गठन भएको छ।
  • समितिमा डा. अंकिता ठाकुरसहित १२ जना सदस्यहरू मनोनित भएका छन्।
  • समितिको सभापति चयनका लागि बैशाख ४ गतेको मिति तोकिएको छ।

काठमाडौं । संसदको संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समिति गठन भएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उक्त समितिमा मनोनित नामहरु प्रस्ताव गरेका थिए। 

निर्देशक समितिमा १२ सदस्य रहेका छन् । जसमा डा.अंकिता ठाकुर, गणेश कार्कीे, गीता गुरुङ, जनकराज गिरी, नरेन्द्र चौधरी, पुष्पराज कँडेल,प्रकाशचन्द्र परियार, प्रमेशकुमार हमाल, राजेश प्रसाईं, डा. राम लामा,रिमा विश्वकर्मा र सुशान्त बैदिक रहेका छन्। समितिको सभापति चयनका लागि बैशाख चार गतेलाई मिति तोकिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप