इरानमा फसेका ३१२ जना भारतीय माझी स्वदेश फिर्ता : एस जयशंकर
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले इरानमा फसेका ३१२ जना भारतीय माझीहरूलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षित रूपमा स्वदेश फिर्ता गरेको बताएका छन् ।
उनले सुरक्षित निकासी सम्भव बनाउन सहजीकरण गरेकोमा आर्मेनियाली अधिकारीहरूलाई धन्यवाद समेत दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल एक्स मार्फत जयशंकरले जानकारी सार्वजनिक गरेका हुन् । यसअघि अप्रिल–४ मा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विदेश मन्त्रालय (एमइए) को कूटनीतिक प्रयास पछि आर्मेनिया हुँदै इरानबाट स्वदेश फर्के पछि चेन्नईमा भारतीय माझीहरूलाई स्वागत गरेका थिए ।
पत्रकारहरूसँग कुरा गर्दै पियुष गोयलले पश्चिम एसियामा चलिरहेको द्वन्द्वको बिचमा इरानमा फसेका माझीहरूका परिवारका लागि माझिहरुको फिर्ती खुशीको अवसर भएको बताएका छन् ।
अप्रिल –२ मा, विदेश मन्त्रालयले एक हजार २०० भन्दा बढी भारतीय नागरिकहरूलाई इरानबाट सुरक्षित रूपमा स्थानान्त्रण गरिएको जनाइएको छ जसमध्ये ९९६ जनालाई आर्मेनिया सारिएकाहरुलाई विदेश मन्त्रालयले सहयोग गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण