वीरेन्द्रनगरबाट डेढ लाख रुपैयाँसहित जुवा खेल्दै गरेका ६ जना पक्राउ
शनिबार, २८ चैत २०८२, १९ : १५
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट साढे १ लाख नगदसहित जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० का २७ वर्षीय शिशिर केसी, वडा नम्बर ७ का ३० वर्षीय डिकेन्द्र थापा, वडा नम्बर ९ बस्ने ३१ वर्षीय करण गुरुङ रहेका छन् ।
यस्तै वीरेन्द्रनगर १२ का ४७ वर्षीय परशुराम सोती, ३७ वर्षीय ललित रेश्मी मगर र वीरेन्द्रनगर १४ का ३३ वर्षीय निर्मल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।
उनका अनुसार शनिबार दिउँसो ३ बजेतिर वीरेन्द्रनगर—१० बुदबुदे स्थित ललित केसीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट १२ गड्डी ताससहित १ लाख ४७ हजार ७९० नगर पनि बरामद भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण