तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
शनिबार, २८ चैत २०८२, २२ : २६
तनहुँ । यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने दुई जनाको सनाखत भएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा स्कुटर चालक गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।
स्कुटर चालक खतिवडाको तनहुँ सेवा अस्पतालमा र भुजेलको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण