आईपीएलमा आज डबल हेडर : पहिलो खेलमा लखनउ र गुजरात भिड्दै
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गत आज इकाना स्टेडियममा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्सबिच प्रतिस्पर्धा हुँदैछ।
- लखनउ र गुजरात दुवै टोलीका लागि यो सिजनको चौथो खेल हो।
- दिनको दोस्रो खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्सबिच भिडन्त हुनेछ।
लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजनमा आज लगातार दोस्रो दिन दुईवटा खेल हुँदैछन्। दिनको पहिलो खेल इकाना स्टेडियममा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्सबिच हुनेछ। यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
लखनउ र गुजरात दुवैको यस सिजनको यो चौथो खेल हुनेछ। लखनउले अघिल्ला २ खेल जितेको छ भने १ खेलमा हार बेहोरेको छ। उता गुजरातले २ खेल हारिसकेको छ, टोलीले अघिल्लो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध एकमात्र जित हात पारेको थियो।
दिनको दोस्रो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्सबिच साँझ ७:४५ बजेदेखि वानखेडे स्टेडियममा खेलिनेछ।
- हेड टु हेडमा एक जितको अन्तर
लखनउ र गुजरातबिच हालसम्म कुल ७ खेल भएका छन्, जसमा गुजरात टाइटन्सको पल्ला अलि भारी छ। गुजरातले ४ खेलमा जित दर्ता गरेको छ भने पछिल्ला तीन खेल लखनउ सुपर जायन्ट्सले आफ्नो पोल्टामा पारेको छ।
इकानामा यी दुई टोली ३ पटक आमनेसामने भएका छन्। २ खेलमा लखनउ र १ खेलमा गुजरातले जित निकालेको छ।
- पन्तको नाममा एक अर्धशतक
लखनउका कप्तान ऋषभ पन्त टोलीका टप स्कोरर हुन्। उनले हैदरावादविरुद्ध अविजित ६८ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए। आज पनि उनको फर्म र निर्णय दुवै महत्त्वपूर्ण हुनेछन्। मिडल अर्डरमा द्रुत गतिमा रन बनाउने जिम्मेवारी पनि उनकै काँधमा हुनेछ।
टोलीका लागि प्रिन्स यादवले सबैभन्दा बढी विकेट लिएका छन्। स्पिनमैत्री पिचमा एम सिद्धार्थ लखनउका लागि ठुलो हतियार साबित हुन सक्छन्।
- प्रसिद्ध कृष्णा गुजरातका टप बलर
यस सिजनमा गुजरात टाइटन्सका लागि जोस बटलर उत्कृष्ट लयमा देखिएका छन्। उनले ३ खेलमा ११६ रन बनाएका छन्, जसमा एक अर्धशतक समावेश छ र उनको स्ट्राइक रेट १५६.७५ रहेको छ।
त्यस्तै बलिङमा प्रसिद्ध कृष्णाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले ३ खेलमा ६ विकेट लिएका छन्, जसमा उनको उत्कृष्ट प्रदर्शन ३/२९ रहेको छ, यद्यपि उनको इकोनोमी रेट १०.३३ छ।
- पिच रिपोर्ट
लखनउको पिचमा स्पिनरहरूकै दबदबा रहने गर्छ। यहाँको अघिल्लो खेल लो स्कोरिङ भएको थियो। यस सिजन यहाँ एउटा मात्र खेल खेलिएको छ।
उक्त खेलमा लखनउले पहिले ब्याटिङ गर्दै १४१ रन मात्र बनाउन सकेको थियो, जवाफमा दिल्लीले १८औँ ओभरमै लक्ष्य पूरा गर्यो।
लखनउमा हालसम्म कुल २३ वटा आईपीएल खेल भएका छन्। ९ खेलमा पहिलो इनिङमा ब्याटिङ गर्ने टोलीले र १३ खेलमा लक्ष्य पछ्याउने टोलीले जित हात पारेका छन्।
जबकी एउटा खेलको नतिजा निस्किन सकेन। यहाँको सर्वाधिक टिम स्कोर २३५/६ हो, जुन केकेआरले २०२४ मा लखनउविरुद्ध बनाएको थियो।
- मौसमको अवस्था
लखनउमा आइतबार कडा घाम लाग्ने र निकै गर्मी हुनेछ। खेलको दिन यहाँको तापक्रम २१ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहनेछ।
दुवै टोलीको सम्भावित प्लेइङ-१२
• लखनउ सुपर जायन्ट्स: एडेन मार्करम, मिचेल मार्श, ऋषभ पन्त (कप्तान र विकेटकिपर), निकोलस पुरन, अब्दुल समद, मुकुल चौधरी, एम सिद्धार्थ, आवेश खान, दिग्वेश राठी, प्रिन्स यादव र मोहम्मद शामी। इम्प्याक्ट प्लेयर- आयुष बदोनी।
• गुजरात टाइटन्स: साई सुदर्शन, शुभमन गिल (कप्तान), जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, ग्लेन फिलिप्स, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, कागिसो रबाडा, अशोक शर्मा, मोहम्मद सिराज। इम्प्याक्ट प्लेयर– प्रसिद्ध कृष्णा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण