ट्राफिक प्रहरीको सर्प्राइज चेकिङ : एकैदिन १०१ जना चालक कारबाहीमा
आइतबार, २९ चैत २०८२, १३ : १०
सारांश
- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले गरेको आकस्मिक जाँचमा ट्राफिक नियम उल्लंघन गर्ने १०१ जना चालक कारबाहीमा परेका छन्।
- कारबाहीमा परेकामध्ये ५ जनाले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको छ।
- ट्राफिक लाइट उल्लंघन गर्ने २ जना र अन्य नियम तोड्ने ९४ जनालाई प्रहरीले स्थलगत कारबाही गरेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चलाएको विशेष 'सप्राइज चेकिङ' अभियानका क्रममा १०१ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। आइतबार गरिएको यस आकस्मिक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ठुलो संख्यामा चालकहरू समातिएका हुन्।
कारबाहीमा परेकामध्ये ५ जना चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको पाइएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ।
त्यस्तै, ट्राफिक लाइटको बेवास्ता गर्दै रातो बत्ती उल्लंघन गर्ने २ जना र लेन अनुशासन पालना नगर्ने तथा अन्य विविध नियम तोड्ने ९४ जना चालकहरूलाई पनि ट्राफिक प्रहरीले स्थलगत कारबाही गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण