स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउँदै सरकार
सारांश
- स्वास्थ्य सेवालाई व्यवस्थित र दीगो बनाउन सरकारले छिट्टै नयाँ कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ।
- मन्त्रालयले कार्यविधि नआएसम्म बिरामीको हित र जनशक्तिको उपलब्धताका आधारमा स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ।
- स्वास्थ्यकर्मीको अधिकार र नागरिकको उपचार पाउने हकबीच सन्तुलन कायम गर्दै सेवालाई निरन्तरता दिने सरकारी प्राथमिकता छ।
काठमाडौँ । स्वास्थ्य सेवालाई व्यवस्थित र दीगो बनाउन सरकारले यथाशीघ्र नयाँ कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दीगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने गरी अघि बढेको छ।
मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ–आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीहरूको हकहित र नागरिकको उपचार अधिकारबिच सन्तुलन कायम गर्ने व्यवस्थापन तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवा जस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु सबैको प्रमुख दायित्व भएको भन्ने तथ्य महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण