परराष्ट्रमन्त्री शिशिर खनालको यस्तो देखियो सम्पत्ति विवरण
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको छ।
- खनालसँग काठमाडौँको टोखामा घर, तीन जिल्लामा जग्गाजमिन, २२ तोला सुन र विभिन्न कम्पनीमा शेयर लगानी रहेको छ।
- उनले आफूसँग ४० लाख मूल्यको गाडी रहेको र ७५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन्।
काठमाडौँ । रास्वपाका नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खनालसँग काठमाडौँको टोखामा घर रहेको छ । यस्तै तीन जिल्लामा जग्गाजमिन रहेको छ।
विवरण अनुसार काठमाडौँ महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ । जग्गाजमिनतर्फ उनको पुर्ख्यौली तथा स्वआर्जित सम्पत्ति तीन जिल्लामा फैलिएको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।
नगद तथा जिन्सी सम्पत्तिमा उनीसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।
खनालको विभिन्न कम्पनी र शेयर बजारमा समेत लगानी रहेको छ। उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व रहेको उल्लेख गरेका छन्। त्यस्तै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंकलगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा पनि उनको लगानी रहेको छ।
सवारी साधनतर्फ उनले करिब ४० लाख रुपैयाँमा खरिद गरेको गाडी प्रयोग गरिरहेका छन् । उनले ७५ लाख ऋण रहेको पनि खुलाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
-
पसिना आउनु बोसो पग्लिएको संकेत हो ?
-
सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
-
भिरमा अल्झिएको भेडागोठालाको जीवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण