पौडेलको प्रष्टीकरण- क्रियाशील खारेज होइन, अद्यावधिक
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक हुन लागेको प्रष्टीकरण दिएका छन्।
- उनले विगतका त्रुटी हटाउन यसपटक प्राविधिक पक्षमा विशेष ध्यान दिएर अद्यावधिक प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभनिएको प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘क्रियाशील खारेज होइन, उनले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले आफूलाई प्रश्न गरेको सन्दर्भमा भन्दै लेखेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।’
पौडेलले विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउन लागेको उल्लेख गरेका छन् ।
‘विगतमा देखिएका त्रुटी हटाउन यस पटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौँ,’ पौडेलले लेखेका छन्, ‘विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ ।’
उनले अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँ गाउँमा जोड्ने कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले थप जिम्मेवार र मजबुत बनाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण