इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध
सारांश
- हिब्रु युनिभर्सिटी अफ यरुसेलमको नयाँ सर्वेक्षणले अधिकांश इजरायली नागरिक इरानसँगको युद्धविरामको विपक्षमा रहेको देखाएको छ।
- सर्वेक्षणअनुसार करिब ६१ प्रतिशत इजरायलीहरू लेबनानमा हिजबुल्लाह विरुद्धको लडाइँ रोक्न नहुने पक्षमा रहेका छन्।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लोकप्रियता घटेर ३४ प्रतिशतमा पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ।
तेल अभिभ । इरान युद्धविरामको अधिकांश इजरायलीले विरोध गरेका छन् । हिब्रु युनिभर्सिटी अफ यरुसेलमले गरेको एउटा नयाँ सर्वेक्षणले अधिकांश इजरायली नागरिकहरू इरानसँगको युद्धविरामको पक्षमा नरहेको देखाएको छ ।
सर्वेक्षणअनुसार करिब दुई तिहाइ नागरिकहरूले युद्धविरामको विरोध गरेका छन् । यद्यपि, इजरायलले दुई साताको युद्धविराम पालना गर्ने कि इरानमाथि आक्रमण पुनः सुरु गर्ने भन्ने विषयमा जनमत विभाजित देखिएको छ ।
इरानसम्बन्धी प्रश्नमा ३९ प्रतिशतले आक्रमण जारी राख्नुपर्ने बताएका छन् भने ४१ प्रतिशतले युद्धविरामलाई सम्मान गर्नुपर्ने धारणा राखेका छन् । लेबनानको सन्दर्भमा भने ६१ प्रतिशत इजरायलीहरूले हिजबुल्लाह विरुद्धको लडाइँमा युद्धविराम लागू गर्न नहुने बताएका छन्, जुन अमेरिका–इरान वार्तामा तेहरानले उठाएको प्रमुख माग हो ।
यसैबिच सर्वेक्षणले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लोकप्रियता पनि घट्दै गएको देखाएको छ । युद्ध सुरु हुँदा ४० प्रतिशत समर्थन रहेकोमा अहिले ३४ प्रतिशत मात्रले उनलाई प्रधानमन्त्रीका रूपमा रोजेको सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण