रातोपाटी प्रभाव : आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा आयात गरिने सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
- व्यवसायीहरूलाई १५ दिनभित्र यो नियम कार्यान्वयन गर्न समय दिइएको छ र सो अवधिपछि कडा कारबाही गरिनेछ।
- बजार व्यवस्थापनलाई पारदर्शी बनाउन र उपभोक्ताको हित संरक्षण गर्न विभागले पैठारीकर्तालाई बिल बिजक जारी गर्न समेत निर्देशन दिएको छ।
काठमाडौँ । रातोपाटीकाे अन्तर्वार्ताको प्रभाव स्वरूप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा आयात गरिने सम्पूर्ण वस्तुहरूमा अबदेखि अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।
विभाग र नेपाल समुद्रपार निकासी पैठारी सङ्घका प्रतिनिधिहरूबिच भएको छलफलपछि बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउन र उपभोक्ताको हित संरक्षण गर्न यस्तो निर्णय लिइएको हो । विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, अबदेखि पैठारीकर्ताले विदेशबाट ल्याइएका वस्तुमा एमआरपी उल्लेख गर्नुका साथै बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक समेत जारी गर्नुपर्ने जनाएको छ।
रातोपाटीले चैत २० गते ‘एमआरपी र बिलबिजक कार्यान्वयन नै शासकीय सुधारको पहिलो बिन्दु हो’ शीर्षकमा पूर्व सहसचिव कुमारप्रसाद दाहालसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।
यस नयाँ व्यवस्थाको कार्यान्वयनका लागि विभागले व्यवसायीहरूलाई १५ दिनको समय सीमा प्रदान गरेको छ । यस अवधिभित्र पैठारीकर्ताहरूले आफ्नो स्टकमा रहेका वा नयाँ आयात गरिएका सामग्रीहरूमा एमआरपी लेबल लगाइसक्नु पर्नेछ।
तोकिएको १५ दिनको समय समाप्त भएपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउने र सो क्रममा एमआरपी उल्लेख नभएका वस्तुहरू फेला परेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ । यो कदमबाट बजारमा हुने मूल्यको मनोमानी रोकिने र उपभोक्ताहरू ठगिनबाट जोगिने विश्वास लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण