२३ जना ‘अग्नि नियन्त्रक’ र १९ जना ‘हलुका सवारी चालक’ पदको पदपूर्ति गर्दै महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३ जना अग्नि नियन्त्रक र १९ जना हलुका सवारी चालकको पदपूर्ति गरिरहेको छ । २०८२ कार्तिक २० गते सार्वजनिक सूचना प्रकाशन गरेपछि प्राप्त भएका आवेदकहरूको अहिले शारीरिक, तन्दुरुस्ती र सिप परीक्षण भइरहेको छ ।
हलुका सवारी चालकका लागि ४१७ जना आवेदकले फाराम भरेका छन् । उनीहरूमध्ये २ जना महिला छन् । उनीहरूमध्ये दैनिक २८ जना गरेर टेकुमा स्वास्थ्य परीक्षण र सिप परीक्षण भइरहेको पदपूर्ति समितिका संयोजक एवं प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिए । चैत २६ गतेदेखि सुरु भएको परीक्षण वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।
अग्नि नियन्त्रक (फायर फाइटर) का लागि १२९ जनाको आवेदन परेको छ । उनीहरूमध्ये ४२ जनाको आवेदन स्वीकृत भएको छ । आज दशरथ रङ्गशालामा भएको प्रारम्भिक स्वास्थ्य परीक्षण र तन्दुरुस्तीमा ३४ जना उम्मेदवार उपस्थित थिए ।
पदपूर्ति समितिका संयोजक एवं प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग सहकार्य गरिएको छ ।
उनले भने, ‘हलुका सवारी चालकको परीक्षणको जिम्मेवारी ट्राफिक प्रहरीलाई र अग्नि नियन्त्रक परीक्षणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएका छौँ । पदपूर्तिको सूचना हामीले प्रकाशन गरेका हौँ । उहाँहरूले आफ्नो मापदण्ड अनुसार छनोट प्रक्रिया सञ्चालन गरिरहनु भएको छ ।’
काफ्लेको संयोजकत्वमा गठित पदपूर्ति समितिमा मानव संशाधसन महाशाखा प्रमुख सृजुमैया प्रधान र महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी सदस्य छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण