नाकाबन्दी सुरु भएसँगै इरानी नौसेनालाई ट्रम्पको चेतावनी : हाम्रो नजिक आए सिध्याइदिन्छौँ
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नौसैनिक नाकाबन्दीलाई चुनौती दिने जहाजलाई ध्वस्त पार्ने चेतावनी दिएका छन्।
- ट्रम्पले इरानका साना तीव्र गतिका जहाजहरू अमेरिकी नाकाबन्दीमा अवरोध पुर्याएमा तुरुन्तै निशाना बनाइने बताएका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई चुनौती दिने कुनै पनि इरानी जहाजहरूलाई तत्काल ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानका साना ‘फास्ट अट्याक’ जहाजहरूले अमेरिकी नाकाबन्दीमा अवरोध पुरÞ्याउन खोजे तिनलाई बाँकी नराख्ने बताएका हुन् ।
ट्रम्पले इरानको ठुलो नौसेना पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै अब बाँकी रहेका साना डुङ्गाहरूलाई पनि निशाना बनाउने संकेत दिएका छन्। ट्रम्पका अनुसार इरानका १५८ वटा ठूला जहाजहरू पहिले नै समुन्द्रको फेदमा पुगिसकेका छन् र अमेरिकाले अहिलेसम्म ती साना तीव्र गतिका जहाजहरूलाई खासै खतरा नमानेका कारण छाडिदिएको थियो ।
तर अब ती जहाजहरू अमेरिकी नाकाबन्दीको आसपास देखिएमा लागूपदार्थ तस्करहरूलाई समुद्रमा सिध्याउन प्रयोग गरिने प्रविधि अपनाएर तुरुन्तै सिध्याइने चेतावनी उनले दिएका छन् । वर्षौँदेखि सैन्य विज्ञहरूले इरानका साना र पत्ता लगाउन गाह्रो हुने डुङ्गाहरूले समूहगत रूपमा अमेरिकी नौसेनाका लागि चुनौती खडा गर्न सक्ने बताउँदै आएका थिए ।
हालैका महिनाहरूमा अमेरिकाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा अवैध लागूऔषध ओसारपसार रोक्नका लागि साना डुङ्गाहरूमाथि लगातार आक्रमण गरिरहेको छ। पेन्टागनले हिजो मात्रै प्रशान्त क्षेत्रमा दुईवटा छुट्टाछुट्टै आक्रमण गरी पाँच जनाको ज्यान गएको पुष्टि गरेको थियो ।
ट्रम्पले लागूऔषध तस्करहरू विरुद्धको यही सफल मोडललाई इरान विरुद्ध पनि प्रयोग गर्न खोजेको देखिन्छ । यसले गर्दा ठुलो युद्धमा नफसीकनै इरानमाथि लामो समयसम्म दबाब कायम राख्न सकिने अमेरिकी प्रशासनको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण