दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गरौँ, मुलुक निर्माणमा जुटौँ : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबै राजनीतिक शक्तिहरू दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले शान्त, सभ्य र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सबै जिम्मेवार निकायहरू एकजुट हुनुपर्ने बताएका हुन्।
सभापति थापाले नेपाली जनताको लामो त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिलाई जोगाउनु अहिलेको मुख्य दायित्व भएको उल्लेख गरे। उनले ती उपलब्धिको सुदृढीकरण गर्दै भविष्यमा आउन सक्ने राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबैमा एकताबद्ध संकल्प र अठोट आवश्यक रहेको धारणा राखे। अबको समय नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढताका साथ अघि बढ्ने बेला भएको उनको भनाइ छ।
नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा र सद्भावलाई अझ मजबुत बनाउने विश्वास थापाले व्यक्त गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउँदै आर्थिक र सामाजिक समृद्धितर्फ लाग्न नयाँ वर्षले सबैलाई नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन्। राजनीतिक दलहरू केवल सत्ताको खेलमा मात्र नलागी समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने सन्देश उनले प्रवाह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण