नयाँ वर्षका दिन सुनको मूल्य बढ्यो, तोलामा ३ लाख नजिक
सारांश
- नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।
- आज छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
- सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भई प्रतितोला ५ हजार ६५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर ३ लाख नजिक पुगेको हो ।
महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि वर्ष २०८२ को अन्तिम दिन (हिजो) सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ३७० रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३४३ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण