कांग्रेस अनुशासन समितिलाई पूर्णबहादुर खड्काको चुनौती
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिलाई चुनौती दिँदै पुनः कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका छन्।
- सभापति गगन थापाले पार्टीको सबै क्रियाशील सदस्यता खारेज गर्ने अभिव्यक्ति दिएपछि खड्काले त्यसको कडा प्रतिवाद गरेका छन्।
- अनुशासन समितिले खड्काको कार्यलाई पार्टी विधानविपरीत भन्दै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनौती दिएका छन् । खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति निकालेर चुनौती दिएका हुन् ।
गत पुस २७ देखि ३० गतेसम्म आयोजित विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत माघ २ गते आधिकारिकता दिएको थियो । त्यसपछि खड्कासहितका १४औँ महाधिवेशनबाट आएका पदाधिकारीहरू निवर्तमान भएका थिए ।
यद्यपि आयोगको त्यो निर्णयविरुद्ध १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको समिति क्रियाशील रहे पनि खड्काले गत चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका थिए ।
चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए ।
_XplB8SBU5y.jpg)
विशेष महाधिवेशनबाट चयन भएको र निर्वाचन आयोगले मान्यता दिएको केन्द्रीय कार्यसमितिलाई चुनौती दिएसँगै विशेष महाधिवेशनबाट बनाइएको केन्द्रीय अनुशासन समितिको चैत १८ गते बसेको बैठकले खड्कालाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको थियो ।
कार्यवाहक सभापति पद र पार्टीको लेटरप्याड दुरुपयोग गरेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाउने समितिको चेतावनी थियो ।
पार्टीको नक्कली लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएको भन्दै अनुशासन समितिले खड्कालाई सचेत गराउने निर्णय गरेको थियो । अनुशासन समितिको बैठकपछि जारी विज्ञप्तिमा लेखिएको थियो, ‘अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ ।’
त्यो चेतावनीलाई खड्काले चुनौती दिएका छन् । उनले सोमबार (हिजो) कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गरे । खड्काले पार्टीको क्रियाशील सदस्यताबारे धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत् खारेज गरिने विषय होइन, हुन सक्दैन ।’
कांग्रेस सभापति थापाले चैत २५ गते मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा केन्द्रीय समितिले पार्टीका सबै क्रियाशील सदस्यता खारेज गरेको बताएका थिए । ‘अस्तिको केन्द्रीय समितिको निर्णयबाट हामीले नेपाली कांग्रेस पार्टीको सबै क्रियाशील सदस्यता खारेज गरेका छौँ,’ थापाले भनेका थिए, ‘सबै खारेज भयो । अब क्रियाशील सदस्यता छैन ।’
थापाको त्यो भनाइप्रति खड्काले आपत्ति जनाएको हो । क्रियाशील सदस्यता अध्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु झन् सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक भएको खड्काले विज्ञप्तिमा लेखेका छन् ।
‘क्रियाशील सदस्यता व्यक्तिको पार्टी आवद्धताको प्रमाण पत्रमात्रै होइन, पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो,’ खड्काको भनाइ छ ।
इतर समूह प्रतिवादमा उत्रिएपछि महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले सोमबार नै क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको प्रष्टीकरण दिएका थिए । महामन्त्री पौडेलले पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि प्रष्टीकरण दिए ।
खड्काले समितिको यसअघिको बैठकको निर्णयलाई चुनौती दिएपछि अनुशासन समितिको बैठक वैशाख २ गते बुधबारका लागि बोलाइएको छ । अनुशासन समितिका सचिव दिनेश थापामगरले सोमबार विज्ञप्तिमार्फत वैशाख २ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा अनुशासन समिति बैठक बोलाइएको जनाएका छन् ।
केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक रहेको अनुशासन समितिमा केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण