बुबा प्रहरीका एआईजी, छोरी सशस्त्रकी इन्स्पेक्टर
सारांश
- सशस्त्र प्रहरी बलको तालिम प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहबाट ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरू दीक्षित भएका छन्।
- नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी निरीक्षकको रूपमा दीक्षित भएकी छन्।
- गृहमन्त्री सुधन गुरुङले दीक्षान्त समारोहमा सहभागी भई उत्कृष्ट तालिम पूरा गर्ने प्रहरी अधिकृतहरूलाई पुरस्कृत गरेका छन्।
काठमाडौँ । काठमाडौँको मातातिर्थ स्थित सशस्त्र प्रहरीको प्रशिक्षण प्रतिष्ठानबाट चैत ३० मा ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरू दीक्षित भए । गृहमन्त्री सुधन गुरुङले दीक्षान्त समारोहलाई सम्बोधन गरे ।
दीक्षित हुनेमा ३ जना महिला थिए । तीमध्ये एक जना इन्स्पेक्टर थिइन्, पालक सिंह राठौर । ५६ हप्ता लामो र कठिन तालिम पुरा गरेर कार्यक्षेत्रमा प्रवेश गर्न लागेकी पालक सिंह राठौर नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरकी छोरी हुन् ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख सुशीलले माततातिर्थ स्थित सशस्त्रको एकेडेमीमा गएर छोरी पालकलाई बधाई र शुभकामना दिएका छन् । आफू पदमा बहाल रहँदै छोरी सशस्त्रको इन्स्पेक्टर बन्न सफल भएपछि सुशीलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छोरी तिम्रो कडा परिश्रमले हामीलाई गर्व लागेको छ, तिम्रो आगामी यात्रा साहस, सम्मान, सफलता र खुसीले भरिपूर्ण रहोस् ।’ उनले छोरीलाई निष्ठाको साथ राष्ट्र र जनताको सेवामा समर्पित रहन शुभकामना दिएका छन् ।
दीक्षान्त समारोहमा बुवाले छोरीलाई दर्ज्यानी चिन्हले सुशोभन गरे । बुवा र छोरीले खुसी साटासाट गरेका थिए । सिसम १७ औँ सशस्त्र प्रहरी आधारभूत तालिम पुरा गरेर सशस्त्र प्रहरी निरीक्षक समिर बहादुर रावल सर्वप्रथम भए।
जनक बडायर जोशी कवाज प्रथम, पुष्कर जोशी शारीरिक सहिष्णुता प्रथम र चाँदमारीतर्फ प्रदीप कुँवर प्रथम भएका थिए । उनीहरूलाई गृहमन्त्री गुरुङले पुरस्कार प्रदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण