पोखरा विमानस्थलमा सटल बस सुरु, असारसम्म निःशुल्क चलाउने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सञ्चालन भएको छ । विमानस्थलबाट अमरसिंहचोकसम्म बसले यात्रुलाई सेवा दिनेछ । तत्कालका लागि असारसम्म निःशुल्क रूपमै सेवा दिने र त्यसपछि न्यूनतम मूल्य निर्धारण गरेर सेवा सञ्चालन हुने पोखरा महानगरपालिकाले जनाएको छ।
महानगर यातायात बस सेवा प्रालिको २ वटा गाडीलाई पोखरा महानगरले व्यवस्थापन गरेर सेवा दिइएको छ । त्यसमा कामना सेवा विकास बैंक र कृषि विकास बैंकले साझेदारी गरेका छन् । महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार असारसम्म मात्रै झण्डै १७ लाख लागत अनुमान गरिएको छ।
यो सेवा बिहान पहिलो उडानदेखि बेलुका अन्तिम उडानसम्म उपलब्ध हुने उनले सुनाए । हाल दुई वटा बसहरू सञ्चालनमा ल्याइएको छ । ‘असारसम्म त पूर्ण रूपमा नै निःशुल्क हो । त्यसपछि सेवाको प्रभावकारिता हेरेर न्यूनतम शुल्क तोकिनेछ,’ उनले भने।
दुई वटै बसहरू विद्युतीय र सुविधायुक्त छन् । एउटा बसको मूल्य करिब १ करोड २४ लाख रुपैयाँ लागेको प्रालिले जनाएको छ । पोखरालाई स्मार्ट सिटी र ग्रिन सिटी बनाउने अवधारणा अनुरूप विद्युतीय सवारीलाई प्रोत्साहन दिने र विमानस्थलबाट आउजाउ गर्ने यात्रुहरूलाई सहज र सस्तो सेवा प्रदान गर्ने महानगरले दाबी गरेको छ ।
ट्याक्सीको महँगो भाडा र रातिको समयमा हुने असुविधाबारे व्यापक गुनासो बढेको थियो । बसको मंगलबार एक कार्यक्रमका बिच मेयर धनराज आचार्यले शुभारम्भ गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण