चलचित्र ‘जदौ’को प्रदर्शन मिति तय
मङ्गलबार, ०१ वैशाख २०८३, २० : ०४
काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘जदौ’ को प्रदर्शन मिति तय गरिएको छ।
अञ्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्मले भदौ १२ गते प्रदर्शन मिति घोषणा गरेको हो।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापालगायतको अभिनय छ ।
अन्तर्जातिय प्रेम सम्बन्धको कथामा निर्माण भएको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत छ । फिल्मको वितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण