बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओलीको विकल्प खोज्नुपर्ने आवाज, ज्ञानेन्द्रको यूटर्न

मङ्गलबार, ०१ वैशाख २०८३, २२ : ००
मङ्गलबार, ०१ वैशाख २०८३

आज २०८३ वैशाख १ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • राष्ट्रिय प्रतिबद्धतापत्र

बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ। 

  • नेपाली फिल्मकै राज

लामो समयदेखि नेपाली फिल्मकर्मीहरू ‘हिन्दी फिल्मले नेपाली बजार खाइदियो’ भन्ने गुनासो गर्दै आएका छन् । यद्यपि पछिल्लो समय नेपाली फिल्मको व्यवसाय राम्रो रहेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

  • ०८२ मा आर्थिक क्षेत्र

२०८२ साल हामीबाट बिदा भइसकेको छ । सुखदेखि दुःखसम्म, आक्रोशदेखि खुसीसम्म तथा डर र निराशादेखि विश्वास र आशाको मिश्रित अवस्थासहित पूर्वीय दर्शनको यो पात्रो फेरिँदै गर्दा देशको अर्थतन्त्रले पनि निकै उतारचढावयुक्त अवस्था बेहोर्‍यो ।

  • ओलीको विकल्प खोज्नुपर्ने आवाज

 नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज बढ्दै गएको छ । गत मंसिर अन्तिम साता भएको ११औँ राष्ट्रिय महाधिवेशनमा ओली पक्षबाट निर्वाचित भएका कतिपय पदाधिकारीले समेत ओलीको विकल्प नखोजे नेकपा एमाले र कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताउन थालेका छन् । 

  • पूर्णबहादुर खड्काको चुनौती

नेपाली कांग्रेसको अनुशासन समितिलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनौती दिएका छन् । खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति निकालेर चुनौती दिएका हुन् ।

  • अमेरिकी चासो

राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाहको सम्बन्ध स्वार्थ केन्द्रित रहेको अमेरिकी संसद् (कंग्रेस)को आशङ्का छ । कंग्रेस अन्तर्गत रहेको कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस)ले गरेको एक अध्ययनमा सो आशङ्का गरिएको हो ।

  • बालेनका चाणक्य

कुमार अन्य राजनीतिक पार्टीका नेताहरू जस्तो पृष्ठभूमि बाँधेर, कुरा घुमाएर, दर्शनका कुरा गरेर वा विश्व परिवेशका कथा हालेर कुरा गर्ने स्वभावका छैनन् । उनी सिधा–सिधा कुरा गर्छन् र त्यसमै अडिन्छन् । जे कुरा गरेका हुन्, त्यसको अर्थ के हो भन्ने कुरा पनि सिधै भनिहाल्छन् ।

  •  चिया परीक्षण केन्द्र

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आएको छैन । चियाको राजधानी इलामको कन्याममा निर्मित यो नेपालकै पहिलो चिया अनुसन्धान केन्द्र मानिन्छ । 

  • ज्ञानेन्द्रको रोचक ‘यूटर्न’

 पूर्वराजा ज्ञानेन्द्र शाहले पुस अन्तिम साता यता तीन वटा भिडियो सन्देश जारी गरे । पृथ्वी जयन्ती (पुस २७), प्रजातन्त्र दिवस (फागुन ७) र नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा उनले जारी गरेको तीन वटै भिडियो सन्देशमा एउटा समानता छ, त्यो हो– ‘श्री ५ महाराजाधिराज’ को हैसियत ।

  • संवैधानिक परिषद् अपूर्ण

 विभिन्न संवैधानिक आयोगका पाँच अध्यक्षसहित १६ पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद् पूर्ण नहुँदा रिक्त पदमा नियुक्ति हुन नसकेको हो । हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद रिक्त छ । राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद रिक्त छ । त्यस्तै मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप