अमेरिकाको सिको गर्दै सरकारले लियो ‘नेपाल प्रथमः नेपाली प्रथम’ नीति
सारांश
- सरकारले 'नेपाल प्रथम: नेपाली प्रथम'को नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरी राख्ने घोषणा गरेको छ।
- नेपाललाई बफर स्टेटबाट गतिशील पुलमा रूपान्तरण गर्न छिमेकीहरूसँग सन्तुलित र असंलग्न कूटनीति अपनाइने भएको छ।
- विदेशस्थित नेपाली नियोगहरूको कार्यसम्पादन मापन गर्न वैज्ञानिक परफरमेन्स अडिट प्रणाली सुरु गरिने भएको छ।
काठमाडौँ । सरकारले नेपालको परराष्ट्र नीतिमा व्यापक फेरबदल गर्दै अबदेखि ‘नेपाल प्रथमः नेपाली प्रथम’को नीति अवलम्बन गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको अमेरिका फस्र्ट नीतिको झल्को दिने गरी सरकारले राष्ट्रिय हितलाई सर्वोपरी राख्दै यो नयाँ कूटनीतिक रणनीति सार्वजनिक गरेको हो । ट्रम्पले अन्य देशसँगको सम्बन्ध वा व्यापारिक सम्झौताभन्दा पहिले अमेरिकी स्वार्थलाई प्राथमिकता दिएका थिए ।
सरकारको पछिल्लो प्राथमिकताको दस्तावेजमा अबको सम्पूर्ण कुटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’को अवधारणा रहने उल्लेख गरिएको छ । यस नीतिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वार्थलाई विश्वमञ्चमा सबैभन्दा माथि राख्ने लक्ष्य लिएको छ ।
बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज बनाउने
सरकारले नेपाललाई दुई शक्तिशाली छिमेकी मुलुककाबिचमा रहेको केवल बफर स्टेटको रूपमा मात्र सीमित नराखी, एक गतिशील पुलको रूपमा रूपान्तरण गर्ने योजना बनाएको छ । यसका लागि छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कुटनीति अवलम्बन गरिने दस्तावेजमा उल्लेख छ ।
नेपाल सरकारले पनि सोही पथ पछ्याउँदै कुनै पनि सैन्य गठजोडमा सहभागी नहुने र हातहतियारको दौडभन्दा टाढा रहेर आफ्नो राष्ट्रिय हित सुनिश्चित गर्ने नीति लिएको छ । सबै देशसँग समान दूरी र समान निकटता कायम गर्दै असंलग्नताको सिद्धान्तलाई नयाँ उचाइमा पुर्याउने सरकारको दाबी छ ।
यस अनुसार विदेशस्थित नेपाली दूतावास र नियोगहरूले अब परम्परागत काम मात्र गरेर पुग्ने छैन । उनीहरूको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक परफरमेन्स अडिट प्रणाली सुरु गरिनेछ ।
यस्तै, जलवायु परिवर्तन, हिमालको संरक्षण र पर्वतीय मुद्दाहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो आवाज सशक्त रूपमा उठाउने र सगरमाथा सम्वाद जस्ता कार्यक्रमलाई निरन्तरता दिने सरकारको तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण