जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याइयो
मङ्गलबार, ०१ वैशाख २०८३, २० : ३५
काठमाडौँ । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम मंगलबार औपचारिक रूपमा प्रारम्भ गरिएको छ ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले केबलकार जडान परियोजना मात्र नभई यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने प्रतिबद्धताको निरन्तरता भएको बताए ।
नयाँ वर्षको पहिलो दिनमै सुरु भएको यो कामले आफूहरूलाई नयाँ आशा, नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको समेत अध्यक्ष ढकालले बताए ।
उनका अनुसार अबको दुई महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिएको छ ।
सबैको साथ, सहयोग र शुभेच्छाको अपेक्षा समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण