च्याम्पियन्स लिग
लिभरपुललाई हराउँदै पीएसजी सेमिफाइनलमा
बुधबार, ०२ वैशाख २०८३, ०४ : १४
सारांश
- पेरिस सेन्ट-जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुललाई २-० ले पराजित गर्दै पीएसजीले समग्रमा ४-० को जित निकालेको हो ।
- पीएसजीको जितमा दुवै गोल उसमान डेम्बेलेले गरेका हुन् ।
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुललाई २–० ले पराजित गर्दै पीएसजीले समग्रमा ४-० को सानदार जित दर्ता गरेको हो ।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा पीएसजीको जितमा दुवै गोल उसमान डेम्बेलेले गरे । उनले खेलको ७२ औँ मिनेटमा पहिलो गोल गरे भने खेलको अतिरिक्त समयमा दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
घरेलु टोली लिभरपुलले खेल अवधिभर कुनै गोल गर्न सकेन। यो जितसँगै पीएसजीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ भने लिभरपुलको युरोपेली यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण