वर्ष २०८२ मा युट्युबमा बढी हेरिएका १० गीत
सारांश
- वर्ष २०८२ मा नेपाली सांगीतिक बजारमा लोक, आधुनिक, पप र फिल्मी गीतहरूको बाहुल्यता रह्यो।
- टिकटक र रिल्सको प्रभावले गर्दा धेरै गीतहरू युट्युबमा करोडौँ पटक हेरिन सफल भए।
- फिल्म 'वरिष्ठ बलराम'को 'न्याउली वनैमा' गीत यस वर्ष युट्युबमा सबैभन्दा बढी हेरिएको गीत बन्न पुग्यो।
काठमाडौँ । समयको अविराम प्रवाहसँगै बिदा भएको वर्ष २०८२ नेपाली गीतसंगीतका लागि अर्थपूर्ण रह्यो । नेपाली सांगीतिक बजारमा यो वर्ष लोक, आधु्निक, पप, र्यापदेखि फिल्मीसम्म थुप्रै गीतसंगीत भित्रिए । कतिपय गीतसंगीतले बजार राम्रो तताउन सफल भए भने कतिपय गीतसंगीत आए, गएको दर्शकश्रोताले पत्तै पाएन् ।
यो वर्ष सांगीतिक बजार तताउन बर्तमान प्रधानमन्त्री बालेन शाहदेखि थुप्रै गायक गायिकाको महत्वपुर्ण योगदान रह्यो । कतिपय गीतहरु टिकटक र रिल्सको छालमा सवार हुँदै युट्युबमा करोडौँ भ्युज पाउन सफल रहे ।
वर्षको करिब अन्त्य तिर आएको प्रधानमन्त्री बालेन शाहको गीत ‘जय महाकाली’ले २४ घण्टा भित्रै सर्वाधिक हेरिएको गीतको रेकर्ड राख्न सफल भयो । यो वर्ष करोडौ भ्युज पाउने गीत थुपै्र भए । यो वर्ष दर्शकले फिल्म, आधुनिक, लोकदोहोरीदेखि र्याप गीतसम्म रुचाएको देखियो । यो वर्ष युट्युबमा धेरै हेरिएका यस्ता छन् दश गीत ।
१०) शीरमा शिरबन्दी :
लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत हो ‘शीरमा शिरबन्दी’ । लोक रोमान्टिक शैलीमा तयार गीतमा सुजित खत्रीको शब्द छ । समीक्षालाई गीत गायनमा सुवास खत्रीले साथ दिएका छन् । समाचार तयार गर्दासम्म २ करोड ५८ लाख बढी भ्युज पाएको यो गीत सुवासकै संगीत रहेको छ । गीतको भिडियोमा समीक्षाको अलवा प्रभात पाल ठकुरी देखिएका छन् ।
९) डोको बुन्ने नियालो चोयाले :
‘डोको बुन्ने नियालो चोयाले’ फिल्म ‘कुमारी’मा समावेश गीत हो । सागर लामिछाने मगर र सुमन तामाङका शब्द रहेको गीतमा सुमन तामाङ र केहरले नै सङ्गीत भरेका छन् । गीतमा स्वर केहरसिंह लिम्बुको छ ।
फिल्म भित्र गीतमा अबिषेक खड्का र आकृति राजभण्डारीले अभिनय गरेका छन् । शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतले युट्युबमा समाचार तयार गर्दासम्म २ करोड ६४ लाख बढी भ्युज पाएको छ ।
८) जाने भए जाम मायाः
‘जाने भए जाम माया’ गायक दुर्गेश थापाको गीत हो । दुर्गेशले भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा ल्याएको यो गीतमा शब्द, संगीत र संगीत संयोजन पनि दुर्गेशकै छ। दुर्गेशसहित सिसन र अल्हाजी गेरोको स्वर रहेको गीतको भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीकै अपभनय छ । सामाजिक संजाल टिकटकदेखि रिल्समा निकै चलेको गीतले समाचार तयानर गर्दासम्म गीतलाई २ करोड ७९ लाख बढी भ्युज पाएको छ ।
७) झलिको :
‘झलिको’ अर्जुन सापकोटाको गीत हो । कृष्ण रेउलेको थेगो रहेको गीतको शब्द सन्तोष सापकोटाले लेखेका हुन् । अर्जुनकै संगी रहेको गीतमा मेलिना राई र समीक्षा अधिकारीको स्वर छ। प्रेमी जोडीको भावनाहरूलाई व्यक्त गरिएको गीतको भिडियोमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय छ । समाजिक संजालमा पनि चर्चा पाउन सफल यो गीतले समाचार तयार गर्दासम्म २ करोड ८९ लाख बढी भ्युज पाएको छ ।
६) छैन र मायाः
‘छैन र माया’ चर्चित लोकगायक प्रकाश दुतराजको गीत हो । दसैँको अवसर पारेर उनले सार्वजनिक गरेको यो गीतले पनि यो धेरै रुचाइएको छ । दुतराजकै शब्द र संगीत रहेको गीतमा प्रकाशसहित मेलिना राईको स्वर छ । कृष्ण केसीले गीतको संगीत संयोजन गरेका हुन् । गीतको भिडियोमा पनि गायक प्रकाशसहित अञ्जली जिसीको अभिनय छ । गीतले समाचार तयार गर्दासम्म ३ करोड १० लाख बढी भ्युज आएको छ ।
५) आन्टी लभरः
मेला महोत्सव, पार्टी, पिकनिक सबै तिर पछिल्लो समय सुन्न सकिने गीत हो ‘आन्टी लभर’ । गायिका कला लम्सालको रोमान्टिक शैलीको गीतमा रमेश परिवारको शब्द र संगीत छ । गायिका लम्साललाई यो गीत गायनमा आशिष अविरलले साथ दिएका छन् । गीतको भिडिओमा कला लम्साल र बद्रीप्रसाद तिवारीको अभिनय छ । आफु भन्दा पाको युवती हेर्ने युवाहरुलाई ब्यङ्ग्य प्रहार गरिएको गीतको भिडियो मौसम हिमालीले पनर्देशन गरेका हुन् । समाचार तयार गर्दासम्म ३ करोड ४४ लाख बढी भ्युज पाएको गीत टिकटक र सामाजिक संजालमा पनि केही समय भाइरल भएको थियो ।
४) पुतली, मया लाम्न हो :
गायिका एलिना चौहान र आशिष अविरलको स्वर रहेको रोमान्टि शैलीको गीत ‘पुतली मया लाम्न हो’ पनि यो वर्षका धेरै भ्युज पाउने गीतमा पर्छ । भिष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईंको संगीत रहेको गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासको अभिनय छ । गीतको भिडियो सुनिल विकले निर्देशन गरेका हुन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतले समाचार तयार गर्दासम्म युट्युबमा ३ करोड ५८ लाख बढी भ्युज पाएको छ ।
३) चाइनेजो जिन्दगानीमा
‘चाइनेजो जिन्दगानीमा’मा पनि फिल्म ‘ऊनको स्वीटर’कै गीत हो । लोकशैलीमा तयार गीतमा सुजन चापागाईं र सलिना विकको स्वर छ । हर्क साउदका शब्द, सुजनकै संगीत रहेको गीतको भिडियोमा एलेक्स पारस र परीक्षा लिम्बूको नृत्य छ । रोशन विकको कोरियाग्राफीमा एलेक्स र परीक्षाको नृत्य, भावभंगी र पहिरनले दिलिप र निरुताको जोडीको याद आउँछ। टिकटकदेखि सामाजिक सञ्जालमा पनि राम्रो प्रथामिकता परेको गीतले समाचार तयार गर्दासम्म ३ करोड ६१ लाख बढी भ्युज पाएको छ ।
२) काफ्ले :
फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत पनि यो वर्ष धेरै रुचाइएकोमा पर्छ । फरक शैलीको यो गीतमा झुमा लिम्बु र सुजन चापागाईंको स्वर छ । युवराज काफ्लेको शब्द र झुमा लिम्बूको संगीत रहेको गीत समाचार तयार गर्दासम्म गीतले ४ करोड ३९ लाख बढी भ्युज पाएको छ । टिकटकदेखि रिल्ससम्म प्रथामिकतामा परेको यो गीतमा विपिन कार्की र मिरुना मगरको अभिनय छ । म्युजिकल लबस्टोरी फिल्म ‘ऊनको स्वीटर’ हिट हुनुमा गीतको महत्वपुर्ण योगदान गरेको छ ।
१) न्याउली वनैमाः
‘न्याउली वनैमा’ फिल्मी गीत हो । फिल्म ‘वरिष्ठ बलराम’मा रहेको यो गीत यसवर्ष सर्वाधिक चलेको गीतमा पर्छ । गत असोज ८ गते सार्वजनिक गीतले समाचार तयार गर्दासम्म युट्युबमा यो गीत ४ करोड ४८ लाख बढी पटक हेरिएको छ । जुन यसवर्ष सबैभन्दा बढी भ्युज पाउने गीत हो । प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको गीतमा प्रशान्तकै शब्द र संगीत छ । गीतको भिडिओमा विजय बराल र समृद्धि अर्यालको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण