कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई स्पष्टीकरण
सारांश
- नेपाली कांग्रेसले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ।
- खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको अनुशासन समितिले जनाएको छ।
- कांग्रेसको अनुशासन समितिले निर्वाचनसम्बन्धी उजुरी दिने म्याद २०८३ वैशाख मसान्तसम्म थप गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको पाइएको अनुशासन समितिको ठहर छ ।
खड्काले २०८२ चैत १४ गते समेत यस्तै प्रकृतिको अनाधिकृत वक्तव्य जारी गरेका थिए । उक्त समयमा अनुशासन समितिले २०८२ चैत १८ गते निर्णय गर्दै उनलाई 'एक पटकका लागि सचेत गराउने' निर्णय गरेको थियो ।
तर, समितिले सचेत गराउँदा गराउँदै पनि खड्काले पुनः २०८२ चैत ३० गते नेपाली कांग्रेसको नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेको समितिको भनाइ छ । यो कार्य पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघन भएको समितिले जनाएको छ । खड्कालाई ७ दिनभित्र यस विषयमा चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ ।
यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा परेका उजुरीहरूको बारेमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका क्रममा पार्टीका सदस्यहरूबाट अनुशासन उल्लंघन भएको भए सो को उजुरी दिने म्याद थप गरिएको छ ।
यसअघि २०८२ चैत मसान्तसम्म उजुरी दिन सकिने व्यवस्था गरिएकोमा अब त्यसलाई बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याइएको छ । समितिले वैशाख मसान्तपश्चात प्राप्त हुने कुनै पनि उजुरीमाथि कारबाही प्रक्रिया अगाडि नबढाइने प्रष्ट पारेको छ ।
कांग्रेसभित्र निर्वाचनको समयमा अन्तर्घात गर्ने र पार्टी अनुशासन नमानी अराजक गतिविधि गर्नेहरूमाथि छानबिन गर्न अनुशासन समितिले सक्रियता बढाएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण