नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो
बुधबार, ०२ वैशाख २०८३, २१ : ३१
तनहुँ । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ।
दुई दिन अगाडि नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टीका मगरको शव बुधबार भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र सशस्त्र प्रहरी बल मनकामना गणको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा शव भेटिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
बेपत्ताको खोजी कार्यका लागि सोमबारदेखि नै समूह परिचालन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण