बागडोलमा ७९ लाखको गहना चोरी : मुख्य योजनाकार र सुन पगाल्ने व्यवसायी पक्राउ
सारांश
- ललितपुरको बागडोलमा भएको ७९ लाख रुपैयाँ बराबरको गहना चोरी प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- चोरीमा संलग्न अमन देउला र चोरीको गहना खरिद गरी गाल्ने कार्यमा संलग्न स्वपन चक्रवर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका दुवै जनालाई अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
ललितपुर । ललितपुरको बागडोलमा भएको झन्डै ७९ लाख रुपैयाँभन्दा बढीको गहना चोरी प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चोरीमा प्रत्यक्ष संलग्न काठमाडौँका अमन देउला र चोरीका गहना खरिद गरी गाल्ने कार्यमा संलग्न भारतीय नागरिक स्वपन चक्रवर्ती रहेका छन्।
ललितपुर महानगरपालिका–४ बागडोलस्थित एक घरबाट गत चैत २६ गते दिउँसो ७९ लाख १२ हजार ५ सय २ रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी भएको थियो। उक्त घटनाको अनुसन्धानका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले सोमबार चोरीमा संलग्न ३२ वर्षीय अमन देउलालाई ललितपुरकै बागडोल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा चोरी भएका गहनाहरू काठमाडौँ महानगरपालिका–२३ स्थित अर्पिता ज्वेलर्सका सञ्चालकले खरिद गर्ने गरेको खुलेपछि प्रहरीले छापा मारेको थियो। चोरीका गहना किन्ने र त्यसलाई गालेर स्वरूप बदल्ने अभियोगमा भारतको पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई पनि प्रहरीले पक्राउ गरेको छ। चक्रवर्तीको पसलबाट प्रहरीले सुन र चाँदीका विभिन्न तयारी गरगहना समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण