इरान युद्धबिच पनि चिनियाँ अर्थतन्त्रमा उच्च वृद्धि
सारांश
- सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र ५ प्रतिशतले वृद्धि भएको छ।
- उत्पादन क्षेत्र र सवारी साधनको निर्यातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सुधार देखिएको हो।
- इरान युद्ध र घरजग्गा क्षेत्रको सङ्कटले भने चिनियाँ अर्थतन्त्रमा दबाब सिर्जना गरिरहेको छ।
बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रूपमा इरान युद्धको प्रभाव परिरहेकै अवस्थामा पनि चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम देखिएको हो ।
आधिकारिक तथ्यांकअनुसार चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा अर्थतन्त्र करिब ४ दशमलव ८ प्रतिशतले बढ्ने अर्थशास्त्रीहरूले अनुमान गरेका थिए ।
फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेयता विश्व ऊर्जा आपूर्तिमा ठुलो असर पारेको छ, जसको प्रभाव एसियाली देशहरूमा बढी देखिएको छ । यो तथ्याङ्क सार्वजनिक हुनुअघि चीनले आफ्नो वार्षिक आर्थिक वृद्धि लक्ष्य घटाएर ४ दशमलव ५ प्रतिशतदेखि ५ प्रतिशतका बिचमा राखेको थियो, जुन १९९१ यताकै न्यून लक्ष्य हो ।
उत्पादन क्षेत्रमा भएको वृद्धि र विशेष गरी सवारी साधनको निर्यातका कारण आर्थिक वृद्धिदर अपेक्षाकृत उच्च देखिएको हो । तर घरजग्गा क्षेत्रमा घट्दो लगानीले अर्थतन्त्रलाई दबाब दिइरहेको छ ।
ब्रुकिङ्ग इन्ष्टिच्यूटका विश्लेषक कायली चानले निर्यातलाई ‘उज्यालो पक्ष’ भनेका छन् । तर इरान युद्धको पूर्ण प्रभाव अझै देखिन बाँकी रहेको र आगामी त्रैमासमा वृद्धि कमजोर हुनसक्ने चेतावनी उनले दिएका छन् । कम्युनिस्ट पार्टी अफ चाइनाले अर्थतन्त्र पुनर्संरचना गर्ने प्रयास गरिरहेको छ । कमजोर उपभोग, घट्दो जनसङ्ख्या र लामो समयदेखि चलिरहेको सम्पत्ति सङ्कट जस्ता समस्याहरू अझै कायम छन् ।
अन्तर्राष्ट्रिय रूपमा, चीनले ऊर्जा सङ्कट र व्यापार तनावको सामना गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको ट्यारिफ नीतिका कारण अमेरिका भित्रिने चिनियाँ सामानमा हाल १० प्रतिशत शुल्क लागिरहेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यी ट्यारिफ जुलाईसम्म फेरि बढ्न सक्ने सम्भावना छ । यसैबिच, ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङबिच मे महिनामा चीनमै भेट हुने अपेक्षा गरिएको छ ।
मङ्गलवार सार्वजनिक व्यापार तथ्यांकअनुसार मार्च महिनामा चीनको निर्यात वृद्धि सुस्ताएर २ दशमलव ५ प्रतिशतमा झरेको छ, जुन ६ महिनायताकै न्यून हो । उता आयात करिब २८ प्रतिशतले बढेको छ । योसँगै बाँकी विश्वसँगको व्यापारमा चीनको बचत घटेर झन्डै ५० अर्ब डलरमा झरेको छ ।
इरान युद्धका कारण विश्वको प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुज ठप्प प्राय भएपछि कच्चा तेलको मूल्य बढेको छ । यसको असर पोखिँदा विश्वव्यापी रूपमा उत्पादन लागत र महँगी बढेको छ । यसको असर चीनमा पेट्रोलको मूल्य वृद्धि र हवाई उडान कटौतीका रूपमा देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण