मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेसले लेखा समिति सभापतिमा भरत खड्कालाई उम्मेदवार बनाउने

बिहीबार, ०३ वैशाख २०८३, १४ : ३३
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेसँगै खड्काको जित्ने सम्भावना बलियो बनेको छ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले खड्कालाई उम्मेदवार बनाउने पार्टीबाट कुरा आएको जानकारी दिए । ‘पार्टीले भरत खड्कालाई उम्मेदवार बनाउन भनेको छ,’ आङदाम्बेले रातोपाटीसँग भने। 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेकाले खड्का सभापतिमा निर्वाचित हुने सम्भावना प्रबल छ । २७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप