ऋषिङमा दुई पुल निर्माण
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन् ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्नुहुँदै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
ऋषिङ–५ का वडाध्यक्ष बुद्धिमान रानामगरले एनजिओ नेटवर्क तनहुँमार्फत दुई वटा पुल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फलामे पुलको लागत रु ३२ लाख र झोलुङ्गे पुलको लागत रु ३४ लाख रहेको छ ।
एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले पुल निर्माण पश्चात् विगतमा खोलानाला पार गर्दा भोग्नुपरेको जोखिम हट्ने र वर्षायाममा समेत सहज आवागमन हुने बताउनुभयो ।
यसअघि स्थानीयले खोलाखोल्सी पार गर्न जोखिमपूर्ण अस्थायी संरचना वा वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्दथ्यो ।
पुल सञ्चालनमा आएपछि गाउँबीचको दूरी घट्नुका साथै कृषि उत्पादन ओसारपसार, बजार पहुँच, स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधिमा सहजता आउने उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाले जानकारी दिनुभयो ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण