बाह्रखरी गल्फको विजेताले सुनको गल्फ बल र बीवाइडी गाडी पाउने
सारांश
- एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिताको नवौँ संस्करण आगामी वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा आयोजना हुने भएको छ।
- प्रतियोगितामा होल इन-वन गर्ने खेलाडीले बीवाईडी अट्टो ३ गाडी र अल-राउन्ड विजेताले सुनको गल्फ बल प्राप्त गर्नेछन्।
- खेलसँगै नेपालको आर्थिक अवस्थाबारे छलफल गर्न अर्थमन्त्रीसहितका विज्ञहरूको सहभागितामा आर्थिक परिसंवाद सञ्चालन गरिने भएको छ।
काठमाडौँ । ‘एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता’ को नवौँ संस्करण आगामी वैशाख १९ गते आयोजना हुने भएको छ। काठमाडौँको गोकर्ण गल्फ कोर्समा आयोजना हुने यस प्रतियोगितासँगै ‘इकोनोमिक सिम्पोजियम’ (आर्थिक परिसंवाद) समेत सञ्चालन गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यस पटकको प्रतियोगितामा पुरस्कारको मुख्य आकर्षण निकै आकर्षक राखिएको छ। प्रतियोगितामा ‘होल इन–वन’ गर्ने खेलाडीले उपहार स्वरूप बीवाईडी अट्टो ३ गाडी जित्न सक्नेछन्। त्यसैगरी, अल–राउन्ड विजेताले २४ क्यारेट सुनको गल्फ बल प्राप्त गर्नेछन्।
प्रतियोगितामा १०० भन्दा बढी कर्पोरेट गल्फर, विदेशी प्रतिनिधि, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहनेछ।
खेलसँगै हुने आर्थिक परिसंवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। उक्त सत्रमा नेपालको वर्तमान आर्थिक अवस्था र आगामी दिशाबारे गहन छलफल गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण