भारतको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी निर्माण सुरु
काठमाडौं । गण्डकी प्रदेशको बागलुङस्थित बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको शिलान्यास गरिएको छ।
बडिगाड गाउँपाu)लिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
करिब २ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भारत सरकारको आर्थिक सहयोगमा बन्नेछ । परियोजना उच्च प्रभाव सामुदायिक विकास कार्यक्रमअन्तर्गत बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले भारत सरकारको विकास सहयोगप्रति प्रशंसा गर्दै नयाँ संरचनाले स्वास्थ्य सेवामा पहुँच सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण