सुर्खेतमा चौथो कर्णाली चलचित्र कार्यशाला आयोजना हुने
काठमाडौँ । कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चौथो कर्णाली चलचित्र कार्यशाला’ आयोजना हुने भएको छ। यही वैशाख ८ देखि १३ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने कार्यशाला केवी इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्न लागेको हो।
गत वर्ष चैत ४ देखि ९ गतेसम्म तेस्रो संस्करण पनि सुर्खेतमै आयोजना भएको थियो । अघिल्ला कार्यशालामा एडभान्स कोर्ष सिकेका विद्यार्थी तथा नयाँ सहभागीलाई चलचित्रको पटकथा सम्बन्धी विशेष प्रशिक्षण यो कार्यशालामा पनि प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काले जानकारी दिए । खड्काका अनुसार कर्णाली भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो ।
‘स्थानीय कथा र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले हामीले विगत चार वर्षदेखि निरन्तर रूपमा यो कार्यशाला सञ्चालन गर्दै आएका छौँ,’ उनले बताए ।
कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको मास्टर क्लास रहनेछ। त्यस्तै चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीले पटकथा लेखन सम्बन्धी विशेष कक्षा लिनेछन् । छायाकार निरज कँडेलले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिनेछन् भने फिल्म सम्पादक रूपेश मिजारले फिल्म सम्पादन विषयमा कक्षा सञ्चालन गर्नेछन् ।
कार्यशालामा सहभागी विद्यार्थीहरूले तीन वटा वृत्तचित्र र दुई वटा लघु फिल्म निर्माण गर्ने कार्यक्रम रहेको छ। कर्णाली प्रदेशका १० जिल्लाबाट छनोट गरिएका २५ जना विद्यार्थीहरूले कार्यशालामा सहभागिता जनाउनेछन् ।
यो कार्यक्रम फिल्म विकास बोर्ड को सहकार्य तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश को सहयोगमा आयोजना हुन लागेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण